काठमाडौँ,
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन् । उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो ।
गत शनिबार मदन भण्डारीको ६८ औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नु पर्दैन । माक्स लगाएर हिँड्नु पर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’ प्रधानमन्त्रीले यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए ।
प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुवाँ र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्न पर्ने अवस्था छैन् । तर, यथार्थ भने ठीक उल्टो छ । प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । सडकमा हिँड्नेले पनि प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना गरेका छन् ।
जोरपाटी, बौद्ध, चाबहिल, रत्नपार्क, कोटेश्वर, चक्रपथ, थानकोट लगायत सडकमा हिँड्दा वायु र धुलो–धुवाँजन्य प्रदूषणबाट बच्न माक्स लगाएर हिँड्नपर्छ । प्रधानमन्त्रीले वास्तविकताभन्दा टाढा गएर भाषण गरेको भन्दै सर्वसाधारण एकै स्वरमा भन्छन् , ‘माक्सबिना त सडकमा हिँड्नै सकिँदैन ।’
माक्स लगाएर बौद्धस्थित सडकमा हिँडिरहेका कपनका गोपाल तामाङले अचाक्ली धुवाँ–धुलोका कारण जनस्वास्थ्यमा असर परेको बताए । उनले धुलो–धुवाँबाट हल्का बच्न माक्स लगाएर हिँड्नु बाहेक विकल्प नभएको बताए । उनले भने, ‘बौद्ध–जोरपाटी सडकमा धुलोले मान्छे देखिँदैन । माक्सबिना घरबाहिर निस्कनै सकिँदैन । धुलोबाट बच्न दैनिक माक्स लगाउँछु । माक्सबिना हिँड्न त सडक धुवाँ–धुलोमुक्त हुनुपर्छ नि ।’
उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । ‘प्रधानमन्त्रीले अहिले सडकमा सर्वसाधारण माक्सबिना हिड्छन् भन्नु भएको छ । उहाँको यो भनाइ लज्जास्पद छ,’ बाटोमा माक्स लगाएर हिँडिरहेका अन्य मानिसलाई देखाउँदै उनले भने, ‘सडकमा हेर्नुस्, कहाँ माक्सबिना सर्वसाधारण हिँडेका छन् ?
नागरिकबाट





























प्रतिक्रिया