आइफाको खर्च, कसलाई कति पर्छ ?

आइफाको खर्च, कसलाई कति पर्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९ (आइफा) गर्ने योजना बनाएको छ । तर खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन ।

बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यास अन्तर्गत नेपालले ४ मिलियन डलर (४४ करोड रुपैयाँ) खर्च गर्नेछ । काइण्ड सपोर्ट अन्तर्गत भने होटल व्यवस्थापन, जहाज आतेजाते खर्च र स्थानीय यातायात खर्च भनिएको छ ।

क्यास अन्तर्गतको ४४ करोड रुपैयाँ काठमाडौं महानगरपालिका र पर्यटन बोर्ड आफैले गर्नेछ । त्यस बाहेक नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर आफ कमर्श, नेपाल चलचित्र विकास बोर्ड लगायतका संस्थाले पनि क्यास अन्तर्गत सहयोग गर्नेछन् । होटल, जहाज र स्थानीय यातायातको खर्च भने क्रमशः होटल एसोसियसन नेपाल (हान) , नेपाल बायु सेवा निगम र नाडा अटो मोवायलस् डिलर्सले गर्नेछ ।

बोर्डका अनुसार नेपाल होस्ट राष्ट्र भएकाले कार्यक्रमको नाम ‘नेपाल आईफा’ रहनेछ । आईफा आगामी अगस्टको अन्तिम साता हुनेछ । कार्यक्रमस्थल नेपाली सेनाको मुख्यालय अगाडीको फुटवल मैदान छनोट गरिएको छ । कार्यक्रममा कलाकार र उनीहरूका सहयोगीसहित १५ सय भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये ५ सय देखि ६ सयको संख्यामा भने कलाकार मात्रै हुनेछन् ।
नयाँ पत्रिकाबाट

Logo