काठमाडौंको कान्तिपथमा शनिबार बिहान कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
ठमेलतर्फबाट जमल जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको कार आज बिहान ६ बजे दुर्घटना भएको हो । तिव्र गतिमा गुडिरहेको कार एक्कासी बारमा ठोक्किएर दुर्घटना भएको हो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले भयानक किसिमले कार दुर्घटना भए पनि मानवीय क्षति भने नभएको जानकारी दिए । कारको पार्टपुर्जाहरु नै यत्रतत्र छरिएर क्षतविक्षत भएको छ । कार उछिटिएर रोकिराखेको पर्यटकको माइक्रोलाई ठक्कर दिन पुगेको थियो ।
कारमा चालकसहित ३ जना सवार थिए । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
कारका चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन्। उनी कुमारीपाटीस्थित मच्छिन्द्र आयाल स्टोरका संचालक हुन्। उनले मापसे गरि कार चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।






























प्रतिक्रिया