‘रसुवाली कवि’ फेरि पक्राउ

‘रसुवाली कवि’ फेरि पक्राउ


‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिना फेरि पक्राउ परेका छन्।

प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सघाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीले उनलाई  प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडिबाट बुधबार पक्राउ गरेको हो ।

उनी गैरन्यायिक हत्याविरुद्ध नेपाल ल क्याम्पसमा छलफलमा सहभागी भइरहेको बेला पक्राउ परेका हुन् । उनी यसअघि गत वैशाखमा पनि बालाजुको हिलेगाउँ क्षेत्रबाट पक्राउ परेका थिए ।

Logo