मोदीबाट घोषित सय करोड सहयोग गुम्ने खतरा

मोदीबाट घोषित सय करोड सहयोग गुम्ने खतरा

केन्द्रबिन्दु
0
Shares

जनकपुर,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक रुपमा विकास गर्न एक सय करोड रुपैयाँ स्वेच्छिक अनुदानको घोषणा गरे । उक्त घोषणा भएको करिब १३ महिना बितिसक्यो । यो अवधिमा मोदी भारतमा दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री निर्वाचित भइसके । चुनावी भाषणका क्रममा मोदीले बोले अनुसार हुने हो भने उनी पुनः जनकपुर भ्रमण गर्ने समयतालिका पनि निकट भविष्यमै तय होला ।

तर उनले १३ महिना अघि भ्रमण क्रममा जनकपुर नगरीलाई दिने भनेको एक सय करोड रुपैयाँ अझै यहाँ आउन सकेको छैन । नेपाल भ्रमणका क्रममा मोदी ०७५ वैशाख २८ गते भारतबाट सोझै जनकपुर आएका थिए । जनकपुरको ऐतिहासिक रंगभूमि मैदान (बाह्रबिघा) मा जनकपुरधाम उपमहानगरपालिकाले मोदीको नागरिक अभिनन्दन समारोह ग¥यो । स्वागतका लागि प्रदेश सरकार तन, मन र धनले खटेको थियो ।

अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले जानकी मातालाई एक सय करोड रुपैयाँ भेटीस्वरुप प्रदान गरेको बताएका थिए । सम्बन्धित निकायले उपयुक्त योजना बनाएर पेस गरेपछि उक्त रकम भारत सरकारले उपलब्ध गराउने आश्वासन भारतीय पक्षले दिएको थियोे ।

‘जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बीच तालमेल नमिल्दा जनकपुरको विकासका लागि मोदीले दिने भनेको बजेट १३ महिना बित्दा पनि ल्याउन नसकिएको हो । दुवै निकाय आ–आफ्नै तालमा उक्त रकम हात पार्न दौडधुप गर्न थालेका छन् । यसबाट उक्त सहयोग रकम नै गुम्ने खतरा देखिएको छ ।’
नागरिकबाट

Logo