थाहानगरमा आगलागी, साढे २ तले घर ध्वस्त

थाहानगरमा आगलागी, साढे २ तले घर ध्वस्त

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिकामा आज बिहान भएको आगलागीबाट साढे २ तले घर ध्वस्त भएको छ।

थाहा नगरपलिका ४ स्थित जयराम रायमाझीको घरमा बिधुत सर्ट भएर आगलागी भएको हो। मंगलबार बिहान करिव २ बजेतिर लागेको आगो स्थानीय र सुरक्षाकर्मीले निभाएका थिए।

आगलागीबाट अन्न, लताकपडा र घरायसी सामाग्री जलेको तर क्षतिको एकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय पालुङ्का प्रमुख लोकबहादुर गुरुङ्ले जानकारी दिए ।

Logo