पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकले चलाएको गाडीको ठक्करबाट बालकको ज्यान गएको छ।
शनिबार बिहान चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका छोरा संस्कारको मृत्यु भएको हो।
बुबाआमासँगै मोटरसाइकलमा आएका उनलाई अस्पतालको पार्किङ गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया