कुन्तावेसीको पहिरोमा पुरिएका ३ जनाको उद्धार

कुन्तावेसीको पहिरोमा पुरिएका ३ जनाको उद्धार


काभ्रे,

जिल्लाको मण्डनदेउपुर नगरपालिका ७, नर्सरी कुन्तावेसीस्थित थलप्रसाद सापकोटाको घरमा होटल गरि बस्ने ४ वर्षिय बच्चा सहित ३ जनालाई आज बिहान ३ बजे पहिरोले पुरिएको अवस्थामा स्थानियवासी र प्रहरीले उद्दार गरेको छ ।

गएरातीदेखी परेको पानीले स्थानिय शिक्षक नवराज सापकोटाको घर कम्पाउण्ड बाहिरको पर्खाल भत्कीएर होटल भएको घरको गाह्रोसमेत लडेपछि उक्त घटना भएको हो ।

घाइतेहरुको खुट्टा पहिरोले थिचिएको थियो । एकजना महिलाको भने टाउकोमा जस्तापाताले काटेर चोट लागेको छ । घटनामा परि घाइते हुनेहरु नगरकोट नजिक घर भएर कुन्तावेसीमा होटल गरि बस्दै आएका थिए । तामाङ्ग थरका उनीहरुको नाम खुल्न सकेको छैन ।

घाइतेहरुलाई अहिले अस्पताल पठाइएको स्थानिय कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
तस्विर : कृष्ण कुमार श्रेष्ठ

Logo