रसुवा,
रसुवागढी जलविद्युत आयोजनाको पावर हाउसभन्दा माथिबाट आएको पहिरोले सुरुङमा रहेका १७ जना कामदारभित्रै फसेका छन् । सुरुङको मुख बन्द नभएको भएपनि विद्युत् अवरुद्ध भएको र बाटोमा पहिरो गएको कारण कामदारलाई बाहिर नआउन आग्रह गरिएको आयोजना प्रमुख छवि गैरेले बताए । ‘पहिरोले मानवीय क्षति गरेको छैन्, उनले भने, सुरुङभित्र रहेका कामदार पनि सकुसल छन् ।’
भित्र रहेका कामदारसँग वाकेटकेमा कुरा भइरहेको उनको भनाइ छ । बाहिर निस्कँदा जोखिम हुने भएकाले कामदार रातिभर सुरुङभित्रै बसेको बताइएको छ । भित्र फसेका कामदारलाई उद्धार गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । १११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदैछ ।
नागरिकबाट































प्रतिक्रिया