नेपाली बजारामा सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ।
बुधबार ६३ हजार रुपैयाँ प्रतितोला खरिद-बिक्री भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँ बढेर ६४ हजार पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेपछि त्यसको प्रभाव नेपालमा पनि देखिएको हो । चीन र अमेरिकाको व्यापार युद्धले प्रभावित भएको सुन बजारमा इरान र अमेरिकाबीचको पछिल्लो तनावले झन भाउ बढेको व्यवसायीहरुको भनाई छ ।
यसअघि २०७० भदौ १२ गते सुनको भाउ तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर मूल्य ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
सुनको भाउ बढेपछि बजारमा सुन किन्ने ग्राहक कम संख्यामा देखिएका छन् भने सुन बेच्नेहरुको संख्या बढेका छन् ।





























प्रतिक्रिया