मलेसियाको रोजगारी खुल्ला गर्न व्यवसायीको अल्टिमेटम

मलेसियाको रोजगारी खुल्ला गर्न व्यवसायीको अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी नखोलेकोमा असन्तुष्टि जनाउँदै वैदेशिक रोजगार व्यवसायीले मलेसिया रोजगारी सुचारु गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले असार १२ गतेभित्र मलेसिया रोजगारी सुचारु नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । संघका अध्यक्ष रोहन गुरुङले असार १२ गते भित्र मलेसिया रोजगारी सुचारु नगरे १३ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ र शान्तिपूर्ण आन्दोलन गर्ने बिज्ञप्ति मार्फत जनाएका छन् ।

नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी सुचारु नभएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, यदि वैदेशिक रोजगार विभाग कार्यालयले असार १२ गतेभित्र मलेसिया रोजगारीका लागि श्रम स्वीकृति सुचारु नगरेको खण्डमा असार १३ गते वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगरमा शान्तिपूर्ण बिरोध तथा घेराउ कार्यक्रम गर्न संघ बाध्य हुनेछ ।

नेपाल र मलेसियाबीच २०७५ कार्तिक १२ गते सम्झौता भएको थियो । तर ०७५ जेठ २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक पक्षीय रुपमा बन्द गरेको मलेसिया रोजगारी अझैं खुल्न सकेको छैन । नेपाली कामदार पठाईदिन मलेसियाली पक्षको पटक पटक आग्रह र व्यवसायीको बिरोधपछि मन्त्रालयले २०७५ चैत्रमा कलिंङ् भिसा आएका कामदारलाई श्रम स्वीकृति दिए पनि नयाँ कामदार जान भने रोकिरहेको छ ।
नागरिकबाट

Logo