आजको मौसम : मेघ गर्जन सहित वर्षा हुने सम्भावना

आजको मौसम : मेघ गर्जन सहित वर्षा हुने सम्भावना


काठमाडौं,

आज दिउँसो देशका पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Logo