लोकसेवा आयाोगको विज्ञापनबिरुद्ध परेको रितमाथि आज सुनुवाई हुने भएको छ।
विज्ञापनमाथि सर्वोच्चमा रहेका ४ थान मुद्दा र अन्य निवेदनलाई समेत सहभागि गराएर न्यायाधीशद्धय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले सुनुवाई गर्ने भएकाे हाे ।
विज्ञापनमाथि परेका ३ थान मुद्दा पहिलो सुनुवाई भईसकेका छन् । स्थानीय तहका कर्मचारीको (समावेशी सिद्धान्त पालना नभएको र संसदको राज्य व्यवस्था समितिविरुद्ध दायर भएको) निवेदनलाई स्थानीय तहमा कार्यरत रहेका कर्मचारीको निवेदनसँगै राख्दै सुनुवाई गर्ने आदेश हिजो जारी गरेको हो।
आयोगले ५ सय १५ स्थानीय तहका लागि भन्दै ९ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो ।





























प्रतिक्रिया