कालोपत्रे गरिएपछि लामीडाँडामा परिक्षण उडान सफल

कालोपत्रे गरिएपछि लामीडाँडामा परिक्षण उडान सफल

केन्द्रबिन्दु
0
Shares

खोटाङ,

कालोपत्रे गरिएको खोटाङको लामीडाँडा विमानस्थलमा सफल परिक्षण उडान भरिएको छ । एक पटक थप भएको म्याद गुज्रेको झण्डै आठ महिनापछि कालोपत्रे पूरा गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा विमानस्थलमा मंगलबार समिट एयरलाईन्सको विमानले सफल परिक्षण उडान भरेको हो ।

नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ३४ लाखको लगानीमा एकैसाथ दुई वटा विमान पार्किङ गर्न मिल्नेगरी कालोपत्रे गरिएको प्राधिकरणका विमानस्थल आयोजना प्रमुख बिनायक भट्टराईले बताए । विमानस्थल कालोपत्रे गरिएपछि गाउँपालिकाले विमानस्थलमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा परिक्षण उडान कार्यक्रम राखेको थियो ।

कुल ५६० मिटर लम्बाई भएको विमानस्थलको धावनमार्गमा ५२० मिटर लम्बाई र २० मिटर चौडाईमा कालोपत्रे गरेपछि विमानस्थलमा बाह्रैमास उडान हुने भएको छ । निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो ।
नागरिकबाट

Logo