भक्तपुर,
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिन्चोकमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज भएको दुर्घटनामा स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको ट्रिपरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प १२६६ नम्बरको स्कुटरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । मृतक काभ्रेको पाँचखाल नगरपालिका–९ घर भई हाल भक्तपुर सुर्यविनायक–८ मा बस्दै आएका थिए ।
घटनामा घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रिपर चालक र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया