काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाउनु भएको छ । विधेयकमा धर्म संस्कृतिलाई प्रतिकूल असर पुग्ने प्रसंग जोडिएको खण्डमा सरकारले सच्याउने उहाँको भनाइ छ ।
एक साता लामो युरोप भ्रमण पूरा गरेर आइतवार स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग भन्नुभयो– ‘सरकारले जनताको मन दुखाउन चाहँदैन, गुठी विधेयकले सांस्कृतिक सम्पदामाथि नजानेर धक्का दिन खोजेको रहेछ भने त्यसलाई सच्याइनेछ ।’
विधेयक कहींकतै नमिलेको वा भुलवश त्रुटि भएको भए विरोध बेकार भएको उहाँको तर्क थियो । कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काठमाडौंको धार्मिक सम्पदालाई एकै ठाउँ राखेर हेर्न नमिल्ने बताउनुभयो ।
आन्दोलनरत पक्षतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो– ‘अब केही मानिसले खुबै मौका पायौं भन्ने ठान्या होलान् कुनै चान्स आउनेवाला छैन, किनभने यो सरकार जनताले भने अनुसार काम गर्छ ।’
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया