काठमाडौं,
न्युरोड क्षेत्रमा आइतबार (आज) बाट सशुल्क स्मार्ट पार्किङ सुरु हुने भएको छ । केही दिन अघिबाट परीक्षणस्वरूप सुरुवात गरिएको स्मार्ट पार्किङको आइतबार बिहान काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्दैछन् ।
न्युरोड क्षेत्रका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था रहेको स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुली योर्सले जनाएको छ । कम्पनीका आइटी कोअर्डिनेटर हरिश अग्रवालका अनुसार रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ प्रणाली उपलब्ध हुनेछ ।
यी स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको अग्रवालले बताए । कम्पनीसँग तीन महिनाअघि महानगरले सम्झौता गरेको थियो । जस अनुसार स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी यही कम्पनीले पाएको थियो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया