सप्तरीकाे राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा चोरी भएको छ । कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत शुक्रबार राति चोरी गरेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष समीर झाले कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको जानकारी दिए । चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया