सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

केन्द्रबिन्दु
0
Shares

सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले सबैखाले सवारीसाधनको भाडादर वृद्धि गरेको हो । अहिलेको भाडादरमा १२ प्रतिशत भाडा वृद्धि गरिएको विभागका महानिर्देशक कुमार प्रसाद दहालले जानकारी दिए ।

त्यस्तै ट्याक्सी भाडा पनि वृद्धि गरिएको छ । अब ट्याक्सीमा यात्र गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिर्नु पर्नेछ। त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ।

बढेको भाडादर असार १ गतेदेखि  लागू हुने जनाएको छ।

यसैबीच यातायात व्यवसायी समितिको नाममा रहेको बैंक खातामा जम्मा भएको रकम यातायात कम्पनीको नाममा रहेको खातामा जम्मा गरिने भएको छ।मन्त्रिपरिषदको गत जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Logo