प्रदेश ५ : ३४ अर्बको हाराहारीमा बजेट आउँदै

प्रदेश ५ : ३४ अर्बको हाराहारीमा बजेट आउँदै

केन्द्रबिन्दु
0
Shares

रूपन्देही,

प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रदेश सरकारले जेठ ९ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोही नीति तथा कार्यक्रमलाई आधार बनाएर बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले बताए ।

सचिव जोशीले बजेटको तयारी अन्तिम चरणमा पुगेको भने पनि बजेटको सीमा कतिको हुने छ भन्ने खुलाउन चाहेनन् । स्रोतहरूले भने प्रदेश सरकारले करिब ३४ अर्ब रूपैयाँ बराबरको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको जनाएका छन् । बजेटका लागि प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालयसँग छलफल सम्पन्न गरी अहिले योजना छनोट गर्ने काम भइरहेको छ ।

योजना माग भएकोमा धेरै पूर्वाधार निर्माणका छन् । जसमा सडक खन्ने, सडक कालोपत्रे गर्ने, पुल कल्भर्ट बनाउने, कुलो बनाउने, खानेपानीको धारा राख्ने, पानी लिफ्ट, पहिरो नियन्त्रण, विद्यालय तथा मन्दिर बनाउने, विद्युत्लाइन, कृषि सम्बन्धी योजना बजेटमा समेट्न माग आएको छ ।

प्रदेश ५ को सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रूपैया बराबरको बजेट ल्याएकोमा यो पटक बजेट वृद्धि भई ३४ अर्बको हाराहारीमा पुग्ने अनुमान छ । प्रदेशले आम्दानीतर्फ भने संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान, वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, प्रदेशको आन्तरिक राजस्व आम्दानी लगायतलाई आधार मानेर बजेट निर्माण हुँदैछ । प्रदेशको आन्तरिक आय (राजस्वबाट) ३ अर्ब जतिको लक्ष्य लिएको बताइएको छ ।
कारोबारबाट

Logo