नयाँ पेट्रोल पम्प खोल्न दुई सय ४३ निवेदन

नयाँ पेट्रोल पम्प खोल्न दुई सय ४३ निवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नयाँ पेट्रोल पम्पको लाइसेन्स खुलेको डेढ महिनामा देशभर दुई सय ४२ व्यवसायीले निवेदन दर्ता गरेका छन्  । करिब तीन वर्षपछि निवेदन खुला गरिएको भए पनि व्यवसायीको निवेदन कम परेको आयल निगमले जनाएको छ ।

शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश नम्बर २ मा १ सय नयाँ पम्प सञ्चालनको इजाजत माग्दै निवेदन परेको आयल निगमका उप–निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए । त्यसपछि भैरहवामा ५२ नयाँ पम्पका लागि निवेदन परेका छन् भने प्रदेश नम्बर एक कार्यालय विराटनगरमा ४२, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा २७, धनगढीमा ११, पोखरामा पाँच, नेपालगन्जमा ४ र सुर्खेतमा दुईवटा नयाँ पम्पका लागि लाइसेन्स माग भएको छ ।

निगमले १७ वैशाखमा सूचना प्रकाशित गरी नयाँ पम्पको इजाजत लिन प्रस्ताव आह्वान गरेको थियो । आवेदन दिने मिति १३ जेठसम्मका लागि तोकिएको छ । निगमले मध्यपहाडी तथा नयाँ खुलेका राजमार्गलाई लक्षित गरी लाइसेन्स खुलाएको हो । आवेदन दिने सबैको स्थलगत अध्ययनका आधारमा मापदण्ड पुगेको भेटिए लाइसेन्स वितरण गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
नयाँ पत्रिकाबाट

Logo