काठमाडौं,
कोरियन भाषा ईपीएस परीक्षा हलबाट प्रहरीले ४५ जना नक्कली परिक्षार्थी पक्राउ गरेको छ । शनिबारबाट सुरु भएको परिक्षामा राजधानीमा २१ स्थानमा परिक्षा केन्द्र सञ्चालनमा ल्याईएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार अरुकै नामबाट परीक्षा दिएका ४५ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको हो । उनले भने,‘ प्रवेश पत्रमा नाम एउटाको तर फोटो अरुको टाँसेर परीक्षा दिईएको पाईयो, पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको छ।’
भाषा परीक्षा आज सकिदैछ । जसमा ९२ हजार भन्दा वढी सहभागी छन् ।
प्रतिक्रिया