सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच

सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।

सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए। अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताए। उनले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए, नलगाएको जाँच गरिएको बताए ।

अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको पनि उनले बताए । पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डिएसपी अधिकारीले बताए ।

सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नु परेको डिएसपी अधिकारीले बताए। अबदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उनले बताए।

Logo