प्रधानमन्त्रीको चासोपछि थालियो वीरको अनियमितताबारे छानविन

प्रधानमन्त्रीको चासोपछि थालियो वीरको अनियमितताबारे छानविन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वीर अस्पतालमा भएको भनिएको अनियमितताबारे एकै पटक तीन वटा निकायले छानविन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो दिएपछि वीरमा भएको अनियमितताबारे एकैपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयले छानविन थालेको हो ।

उपकरण खरिददेखि विरामीको खानेकुराको टेण्डरमा समेत अनियमितता भएको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनको कार्यालयले चासो दिएको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले दिएको प्रतिवेदनका आधारमा किन कारवाही नभएको भनी प्रधानमन्त्री कार्यालयले चासो राखेपछि सतर्कताले पुनः स्वास्थ्य मन्त्रालयलाई ताकेता गरेको हो । अब तीनै निकायले छानविन थालेका हुन् ।

यसअघि राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पतालका तत्कालिन पदाधिकारी र खरिद इकाइ प्रमुखलगायतका कर्मचारीले खरिद तथा सामान आपूर्तिमा भ्रष्टाचार गरेको भन्दै कारवाहीको सिफारिस गरेको थियो । तर उनीहरुमाथि कुनै कारवाही भएको थिएन् ।

प्रधानमन्त्री कार्यालयले ताकेका गरेपछि त्यसलाई समेत आधार बनाएर छानविन थालिएको हो । वीर अस्पतालको अनियमिताको बारेमा कर्मचारीबाटै उजुरी आएपछि स्वास्थ्य मन्त्रालयले पनि आन्तरिक छानविन थालेको हो ।

Logo