प्युठान,
जंगलमा बाटो ढुकेर दिनदहाडै पैसा लुट्ने ४ जनाको नकावधारी समुहलाई प्रहरीले पक्राउ गरेको छ । पैसा लुटेको २४ घण्टा नबित्दै प्रहरीले यो सफलता हात पारेको हो।
बुधवार साँझ ५ बजेको समयमा प्युठानको स्वर्गद्धारी नगरपालिका २ मा गाउँबाट समुहको पैसा बोकेर भिङ्ग्री तर्फ आउँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी शुसीला केसी माथि ब्लाङ्कटले ढाकेर ४ जना लुटेराको समुहले ३ लाख १२ हजार ५ सय ६० रुपैया लुटेका थिए ।
लुट्पाटपछी भाग्न सफल लुटेराको समूहलाई जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीको नेतृत्वमा गएको प्रहरी टोलिले २४ घण्टा नबित्दै समात्न सफल भएको हो ।
उनीहरुको साथबाट लुटेको रकम समेत बरामद गरिएको छ। पक्राउ पर्नेमा स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरी रहेको डिएसपी बुढाथोकीले जानकारी दिनुभएको छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया