ईक्यानले कर्पोरेट फुटसलको आयोजना गर्ने

ईक्यानले कर्पोरेट फुटसलको आयोजना गर्ने


नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले तेश्रो ईक्यान कर्पोरेट फुटसलको आयोजना गर्ने भएको छ ।

ईक्यानले आयोजना गर्ने यस प्रतियोगितामा ईक्यानमा आवद्ध ब्यवसायीहरु खेलाडीका रुपमा सहभागि रहने छन । यस प्रतियोगितामा अष्ट्रेलियाको कलेज मिन्ट ईन्टरनेसनलको प्रस्तुतिमा एवम राईटपाथ क्यारियर काउन्सिलिङ्ग प्रा. लि. को इन एसोसिएसन विथ प्रायोजनमा १२ टिमको सहभागिता रहने छ ।

ईक्यान कास्की, ईक्यान चितवन, ईक्यान ललितपुर, ईक्यान पुर्वाञ्चल शाखा तथा ईक्यान रुपन्देहि अन्तर्गत रहेका ब्यवसायिहरु समेतको सहभागिता हुने अतिरिक्त कृयाकलाप विभाग तथा तेश्रो ईक्यान फुटसल प्रतियोगिताका संयोजक बासुदेव दाहालले बताए । प्रतियोगिताको उद्घाटन नेपालली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा पूर्व क्यापटेन हरि खड्काले गर्नेछन  ।

शहरीया जिवनशैली तथा फुटवल खेल्नका लागि आवश्यक पुर्वाधारको पर्याप्तता नभएको अवस्थामा केहि समययता फुटसल प्रतियोगीता पनि खेलप्रेमीहरु माझ लोकप्रिय बन्दै गएको छ ।

प्रतियोगिता जेठ २५ गते कुमारी फुटसल ग्राउण्ड, पकनाजोलमा हुनेछ ।

Logo