मिडिया विधेयकविरुद्ध प्रेस युनियनले अन्तर्राष्ट्रिय मिसन बोलाउने

मिडिया विधेयकविरुद्ध प्रेस युनियनले अन्तर्राष्ट्रिय मिसन बोलाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयकविरुद्ध आन्दोलनमा रहेको नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने तयारी गरेको छ । सरकारले एकतर्फि रुपमा विधेयक अगाडी बढाएर सरोकारवाला निकायलाई बेवास्ता गर्दै अघि बढेपछि युनियनले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने निर्णय गरेको हो ।

सरकारले संविधानको मर्म र भावना विपरित कानुन बनाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्न उद्यत रहेको भन्दै युनियन सहितका सरोकारवालाहरु आन्दोलनमा छन् । युनियनले आन्दोलनकै बिच अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएएफजे) मार्फत अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने तयारी गरेको प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

युनियनले सो बारे बुधबार राजधानीमा सरोकारवाला निकाय बीच छलफल समेत गरेको छ । छलफलमा यूनियनका अध्यक्ष सिग्देलले सरकार संविधानविपरीत पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्न लागेकाले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउन आवश्यक देखिएको बताए । उनले ट्युनिसियामा आयोजना हुन गइरहेको आईएफजेको विश्व सम्मेलनमा नेपालको पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा जानकारी गराउने र सोही कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाइने जनाएका हुन् ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले जुन ११ देखि १४ सम्म ट्युनिसियाको राजधानी ट्युनिसमा आईएफजेको ३० औं विश्व सम्मेलन हुने बताए । सम्मेलनमा सहभागी हुन अध्यक्ष सिग्देलसँगै उपाध्यक्ष बाला अधिकारी र महासचिव शिवाकोटी ट्युनिसिया जाने तयारी भएको छ ।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयक कुनैपनि हालतमा फिर्ता लिइनु पर्ने र संसोधन मार्फत अघि बढाइनु पर्ने युनियनले माग गर्दै आएको छ ।
राजधानीबाट

Logo