धरानमा पत्रकारमाथि हातपात

धरानमा पत्रकारमाथि हातपात

केन्द्रबिन्दु
0
Shares

ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको हड्डी भाच्न एक करोड रुपैया छुट्याएको चेतावनी दिएकै दिन धरानकै पत्रकारमाथि आक्रमण भएको छ।

सञ्चारकर्मी दिलबहादुर राईमाथि गएराति अपरीचित समुहले आक्रमण गरेको हो । धरान चत्तारा लाईनमा रहेको एक अनलाईन टेलिभिजनमा काम गरिरहेका बेला उनीमाथि एक्कासी आक्रमण भएको हो ।

आक्रमणबाट राईको टाउकोमा गहिरो चोट लागेको छ । घाईते भएका राईलाई गएराति नै विपी कोइराला बिज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको टाउकोमा ६ टाँका लगाइएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

राईमाथि आक्रमण गर्ने मध्येका एक फुर्वा शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo