नौ महिनापछि आज खुल्यो पशुपतिनाथ मन्दिर

नौ महिनापछि आज खुल्यो पशुपतिनाथ मन्दिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा मंगलबार क्षमा पूजा गरिएसँगै आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । मन्दिर विहान ६ बजेदेखि खुल्ला गरिएको हो ।

कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द गर्नु पर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । क्षमा पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ पुगेकी थिइन् । प्राचीनकालदेखि नियमित रुपमा पूजा हुँदै आएकोमा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमा पूजा गरिएको हो ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइएको छ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ । मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तन लगायतका क्रियाकलाप भने अहिले शुरु नहुने भएको छ ।

Logo