सरकारकै अनुमतिमा कतार जाने कामदारमाथि सिन्डिकेट

सरकारकै अनुमतिमा कतार जाने कामदारमाथि सिन्डिकेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमाथि लादिएको सिन्डिकेट नहट्दै कतार जाने कामदारमाथि पनि सिन्डिकेट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका बाबजुद परराष्ट्र मन्त्रालयले एक निजी कम्पनीलाई स्थानीय एजेन्टमार्फत कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालन गर्न अनुमति दिएसँगै अर्को सिन्डिकेट सुरु भएको हो ।

कामदारबाट कुनै शुल्क नलिने गरी परराष्ट्रले अनुमति दिएको बताए पनि एक साता नबित्दै भिसा सेन्टरले कतार जाने प्रत्येक नेपाली श्रमिकले लाउन्ज शुल्कका रूपमा ३ हजार ८ सय ६५ रुपैयाँ तिर्नुपर्ने सूचना जारी भएको छ । कतारको गृह मन्त्रालयले सिंगापुरमा मुख्य कार्यालय रहेको बायोमेट सर्भिसेस प्रालिलाई आठ देशमा आफ्नातर्फबाट निश्चित भिसा सम्बन्धी प्रक्रिया सञ्चालन गर्ने अनुमति दिएको छ ।

त्यसै अन्तर्गत स्थानीय एजेन्टमार्फत नेपालको कानुन अनुसार क्युभिसी सञ्चालनको अनुमति दिइएको परराष्ट्र मन्त्रालयको दाबी छ । तर, यस्तो अनुमति दिने कानुनी आधार परराष्ट्रसँग नभएको श्रम मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

पछिल्लो समय कतार नेपाली कामदारको मुख्य गन्तव्य बनेको छ । हाल नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौता कार्यान्वयनमा छ । तर, नाम मात्रको उक्त सम्झौताले श्रमिकका हक–अधिकारका विषय सम्बोधन गर्न सकेको छैन । त्यसैले नयाँ श्रम सम्झौता गर्नुपर्ने भन्दै श्रम मन्त्रालयले कतार सरकारसँग संवाद अगाडि बढाएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo