गृह मन्त्रालयले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले प्रहरी चौकी आक्रमण गर्न खोजेको समाचार हल्ला मात्रै भएको जनाएको छ।
सोमबार गृह प्रवक्ता रामकृष्ण सुवेदीले आक्रमणको प्रयास हल्ला मात्रै भएको बताएका हुन्। थप सुरक्षाकर्मी परिचालन गरिएको बताउदै प्रबक्ता सुबेदीले केही गाउँमा केही नयाँ मान्छे देखिएकाले अनुसन्धान थालिएको बताए ।
अहिले त्यहा थप सुरक्षाको लागि काठमाडौं र विराटनगरबाट थप सुरक्षाकर्मी खटाईएको हो । हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो । नेपाल प्रहरी र सशस्त्रको सयुक्त टोलीले हतियारधारी समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ अपरेसन सुरु गरेको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले विप्लव समूहको उपस्थित बाक्लो बनाएको स्वीकार गरेका छन् ।
गएराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी आक्रमणको प्रयास भएको समाचार आएको थियो । स्थानीयका अनुसार विप्लवका ३०/३५ कार्यकर्ताले चौकी आक्रमण गर्न गएका थिए। तर चौकी आक्रमण गर्ने खबर थाहा पाएर प्रहरी हतियारसहित त्यहाबाट सुरक्षित स्थानमा गएका थिए ।





























प्रतिक्रिया