विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

केन्द्रबिन्दु
0
Shares

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तान भिड्ने भएका छन् ।

पाकिस्तानविरुद्ध इंग्ल्यान्ड आत्मविश्वासी छ । बेन स्टोक्स, इयान मोर्गान, जासन रोए र जोए रुट उच्चमा फर्ममा छन्। इंग्ल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकलाई हराएको थियो ।

पाकिस्तानका लागि भने विश्वकपमा राम्रो सुरुवात हुन सकेको छैन । लगातार एघारौं एकदिवसीय खेलमा पराजित हुने क्रममा पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध कमजोर खेल देखाएको थियो । पाकिस्तान भने आज पहिलो जितको खोजिमा हुनेछ ।

पाकिस्तानका लागि इंग्ल्यान्डविरुद्ध खेल महत्वपूर्ण छ। वेस्ट इन्डिज जस्तै इंग्ल्यान्डविरुद्ध पनि ब्याटिङ युनिट ध्वस्त हुने भन्ने चिन्ता छ पाकिस्तानी टिममा। किनकी इंग्ल्यान्डमा लियाम प्लुङ्केट, जोर्फा आर्चर र मार्क उड जस्ता प्रतिभाशाली बलर छन्।

नटिङघममा हुने खेल दिउँसो सवा तीन बजे सुरु हुनेछ।

पाकिस्तानी टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अलि, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अलि, वाहव रियाज, साहिन शा अफ्रिदि ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

Logo