२ हजार २२ मेगावाटका ९ आयोजनाको अध्ययन अघि बढाइँदै

२ हजार २२ मेगावाटका ९ आयोजनाको अध्ययन अघि बढाइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विद्युत् विकास विभागले २ हजार २२ मेगावाट बराबरका ९ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ ।

विभागले ४ जलाशययुक्त आयोजना र ५ नदी प्रवाही आयोजनाको अध्ययन अघि बढाउन लागेको सिनियर डिभिजनल इन्जिनियर जियोलोजिस्ट सुवर्ण खनालले बताए । चालू आर्थिक वर्षको बजेटमार्फत विभागले सो आयोजनाहरूको अध्ययन प्रक्रिया अघि बढाएको हो । आयोजनाहरूको अध्ययन पूरा हुन सम्झौता भएको मितिले २ देखि ३ वर्षसम्म लाग्न सक्ने उनले बताए ।

विभागले खिम्ती ठोसे शिवालय, भार्वुङ टाटु, कोखाजोर र कालीगण्डकी गरी चार जलाशययुक्त जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मूल्यांकनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । त्यस्तै अपर चमेलिया, यन्मा, मध्य इन्खु, कवाडी–१ र हुम्ला कर्णाली आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन गर्न राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ ।

विभागले खिम्ती र भार्बुङ आयोजनाका लागि ११ वैशाखमा बोलपत्र आह्वान गरेको विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै अन्य ७ आयोजनाका लागि १७ वैशाखमा बोलपत्र आह्वान गरेको थियो । तर यसैबीच सार्वजनिक खरिद नियमावली संशोधन भएपछि आयोजना अध्ययनको परामर्श सेवाका लागि आवेदन गर्ने म्याद थप गरिएको थियो ।
नयाँ पत्रिकाबाट

Logo