काठमाडाैं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता एवं स्थायी कमिटीका सदस्य सुवास नेम्वाङबीच छलफल भएको छ । दाहाल निवास खुमलटारमा मंगलबार भएको छलफलमा पार्टीभित्रको पछिल्लो समस्या र अध्यादेश जारी भएको विषय उठेको छ ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या देखिएका सबै विषयमा छलफल गर्न तयार रहेको जानकारी नेम्वाङले दाहाललाई गराएका छन् । ओलीको सन्देश लिएर दाहाल निवास पुगेका नेम्वाङले छलफल गरेरै समस्याको समाधन हुने र प्रधानमन्त्री छलफल गर्न तयार रहेको जानकारी गराएका छन् ।
‘प्रधानमन्त्रीज्यूले तपाईंसँग सबै विषयमा छलफल गर्न तयार रहेको सन्देश दिनुभएको छ,’ नेम्वाङले भने, ‘मैले त्यही कुरा कार्यकारी अध्यक्षलाई जानकारी गराएँ । पार्टीको सबै विषयमा राम्रोसँग छलफल गर्न तयार रहेको कुरा प्रधानमन्त्रीले बताउनुभएको छ ।’राजधानीबाट





























प्रतिक्रिया