जेठ १९ गते । नेपाली ईतिहासमा कहिल्यै नमेटिनेगरी कालो लागेको दिन । अर्थात तत्कालिन राजपरिवार नै समाप्त हुने गरि भएको दरवार हत्याकाण्ड भएको दिन ।
वि.सं. २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र विर विक्रम शाहसहित सपरिवारको हत्या भएको थियो । यो घटनामा तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति सहित १० जनाको देहान्त भएको थियो ।
घटनापछि देशभर शोकमग्न भएको थियो । राजधानी काठमाडौंको माहोल शब्दले बयान गर्न नसकिने खालको थियो । जताततै सुनसान, जताततै सेना र प्रहरी मात्रै । सञ्चारमाध्यममा शोक धुनसिवाय केही बजेको थिएन । यस्तै माहोलकाबीच राजपरिवारको शव सुटुक्क आर्यघाट पुर्याइएको थियो ।
शव लैजाने बाटोमा कोही कसैलाई पनि बाहिर निस्किन दिइएको थिएन । बाटो आसपासका घरहरुमा भ्mयाल ढोका समेत बन्द गर्न लगाईएको थियो । पशुपतिमा बिरुपाक्षको मन्दिर अगाडि जम्मा २ वटा मात्र लाश जलाउने ठाउँ छ ।
१ नम्बरको घाट बिशिष्ठ व्यक्तिहरुका लागि प्रयोग गरिन्थ्यो भने २ नम्बरकोमा राजाका लागि मात्र प्रयोगमा आउँथ्यो । राज परिवारका ४ सदस्यहरुको शव एकैपटक जलाईएको थियो । ४ वटै शवलाई क्रमबद्ध रुपमा राखेर राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतीको शवलाई जलाईएको थियो ।
पशुपतिमा पनि कडा सुरक्षा व्यवस्थाकाबीच राज परिवारको अन्तिम विदाई गरिएको थियो । त्यसकारण आम सर्वसाधारणले राजपरिवारको बिदाई कसरी गरियो भनेर कमैले मात्रै देख्न पाएका थिए । हामी तिनै व्यक्तिहरुको खोजीमा पशुपति आर्यघाट पुग्यौ । भेट्यौं र खुलदुली मेट्यौं ।
बाँकी भिडियोमा





























प्रतिक्रिया