दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या

दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

महोत्तरी,

मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

२० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ । कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो ।

विमलाका बुबा कमलेशले विवाहमा ज्वाइँ पक्षले मागे अनुसार नगद, सुनचाँदी र अन्य सरसामान दिए पनि मोटरसाइकल दिन नसक्दा छोरीको हत्या गरेको आरोप लगाएका छन् । ‘केटा पक्षको माग अनुसार नै पाँच लाख नगद, दुई भरी सुन, पचास भरी चाँदी, कपडा र सरसामान दिइएको हो । त्यतिवेलै मोटरसाइकल पनि मागेका थिए, तर दिन सकिएन ।

जेठी छोरीकै विवाहमा लिएको ऋणले थिचेको अवस्था थियो,’ कमलेशले भने, ‘मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए ।’ बलेश्वर र विमलाको तीन वर्षअघि विवाह भएको थियो । प्रहरीले हत्या घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘घटना शंकास्पद छ, अनुसन्धान पूरा भएपछि मात्रै वास्तविकता खुल्छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर विज्ञान बस्नेतले भने ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo