गौतम बुद्ध रंगशाला निर्माणको काम स्थगित, बार भत्काउने नेकपाकै नेता

गौतम बुद्ध रंगशाला निर्माणको काम स्थगित, बार भत्काउने नेकपाकै नेता

केन्द्रबिन्दु
0
Shares

गौतम बुद्ध अन्तर्राष्ट्रिय  क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित भएको छ । निर्माणाधीन अवस्थामा रहेको रंगशालाको बार बुधबार बिहान स्थानीयले भत्काइदिएपछि निर्माण कार्य स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

काम गर्ने कर्मचारी र कामदारको ज्यान धनको सुरक्षामा खतरा पर्ने बताउदै विवाद समाधान नहुन्जेल काम रोकिएको फाउण्डेशनको भनाई छ । नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा रहेका एक समूहले रंगशाला निर्माण स्थल नजिकै बाटोको माग गर्दै डोजर प्रयोग गरेर जस्ताको बार भत्काएको हो ।

प्रहरीले प्रकाश कँडेललाई पक्राउ गरेको छ । उनलाई यो घटनाको मुख्य योजनाकारका रुपमा लिइएको छ । कँडेललाई बुधबार राति पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनीसँगै अन्य १६ जना पक्राउ परेका छन् । पक्राउ परेका कँडेल भरतपुर नगरपालिका १६ का नेकपाका स्थानीय नेता हुन ।

Logo