काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्को डाक्टरको उपाधी पाएका छन् । कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि प्रदान गरेको हो ।
बुधबार काठकाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै विश्वविद्यालयले सो उपाधि प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाई गरेको सम्मानका रुपमा लिएको बताए ।
प्रधानमन्त्री ओलीलाई भारत उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवम् प्रौद्योगिक विश्वविद्यालयले मानार्थ पीएचडीको उपाधी प्रदान गरेको थियो ।






























प्रतिक्रिया