पृथ्वी राजमार्गको मुग्लिन सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

पृथ्वी राजमार्गको मुग्लिन सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने


काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । भोलिदेखि १४ दिनसम्म दैनिक ९ घण्टा बन्द हुने भएको हो ।

मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ ।

भोलिदेखि जेठ ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गरिन लागिएको हो ।

यो सडकखण्ड बन्द हुँदा पोखरा, गोरखा लगायत गण्डकी प्रदेशमा ओहोरदोहोर गर्ने यात्रुलाई समस्या पर्ने भएपनि नारायणगढ मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Logo