जब राष्ट्रपति र प्रधानमन्त्री आउँदा सर्वसाधारणले कान फुट्नेगरी सिठ्ठी बजाए

जब राष्ट्रपति र प्रधानमन्त्री आउँदा सर्वसाधारणले कान फुट्नेगरी सिठ्ठी बजाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज जेठ १५ अर्थात गणतन्त्र दिवस । राजतन्त्र फालेर जनताले शासन गरेको दिन । गणतन्त्र स्थापना भएको आजदेखि १२ वर्ष लाग्यो । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाईन्छ ।

दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो । जसमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रतिनिधिसहिको उपस्थिति रह्यो ।

कार्यक्रममा सहभागी हुन आउने क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सवारीका लागि सर्वसाधारणको आवतजावतमा रोक लगाईयो । त्यस्तै कार्यक्रम सकिएर जाने क्रममा पनि सर्वसाधारणलाई आवतजावतमा रोक गलाईएपछि उनीहरुले विरोध प्रदर्शन गरेका छन् । सर्वसाधारणले सिट्ठी बजाएर विरोध गरेका हुन् ।

राजतन्त्रको बेला राजाहरुको सवारी हुँदा यसरी नै सर्वसाधारणलाई कोषौं टाढा राख्ने गरिन्थ्यो । सोही शासनको झल्को दिनेगरी गणतन्त्रमा पनि सर्वसाधारणलाई आवतजावतमा रोकब लगाईएपछि आक्रोशित बनेका हुन् ।

Logo