काठमाडौं,
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार चार वर्षे कार्यकाल पूरा गर्दै सोमबारबाट बिदा भएका छन् ।
नेपाल टेलिकममा ३४ वर्षे सेवा गरी निगममा पुगेका कंसकार पहिलोपटक २०६५ कात्तिक २२ मा महाप्रबन्धकको पदमा नियुक्त भएका थिए । कंसाकारकै पालामा सञ्चालक समिति र निगम कर्मचारीको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न टेन्डर आह्वान गरिएको थियो ।
विभिन्न उल्झन र अवरोधका बाबजुत दुई वटा न्यारोबडी ए ३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन पुगेको कंसाकारद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
६ वटा विमान ल्याउन दिएको भए आजको दिनमा निगमसँग घटीमा १० वटा जेट विमान हुन्थ्यो र कम्तीमा पनि जापान र युरोप जस्ता गन्तव्यमा सन् २०१३ को शुरुमा नै उडान भइसक्ने कंसाकारको दाबी छ,‘ आइकाओ र ईयूले नेपाललाई कालोसूचीमा राखेको सन् २०१३ को अन्त्यतिर मात्रै हो र सेवा सञ्चालन भइसकेको अवस्थामा सञ्चालनमा रहेको गन्तब्यलाई बन्द गर्दैन ।
२०७२ जेठ १४ मा पुनः महाप्रबन्धक पदमा नियुक्त भएर आएसँगै २ थान वाईडवडी विमान खरिदको प्रक्रिया अगाडि बढाएर गतवर्ष २ थान विमान खरिद भएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया