द्रुतमार्गको डीपीआर स्वीकृत नहुँदा बजेट फिर्ता

द्रुतमार्गको डीपीआर स्वीकृत नहुँदा बजेट फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत हुन नसक्दा काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निर्माणले गति लिन सकेको छैन । डीपीआरको अभावमा द्रुत मार्गमा पर्ने पुल र टनेल निर्माणका लागि निर्माण कम्पनी छनोट भइसके पनि काम अगाडि बढ्न सकेको छैन भने बजेट समेत खर्च हुने सकेको छैन ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले द्रुतमार्गको कुल ७२.६ किलोमिटरमध्ये पुल र टनेल बाहेकको ५४ किलोमिटरमा काम भइरहेको जानकारी दिँदै स्वीकृत डीपीआरको अभावमा पुल र टनेलको काम भने अगाडि बढ्न नसकेको बताउनुभयो । पुल र टनेल निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको करिब नौ अर्ब रुपियाँ नेपाली सेनाले अर्थ मन्त्रालयलाई फिर्ता समेत गरिसकेको उहाँले जानकारी दिनुभयो ।

पुल र टनेल निर्माणका लागि छ वटा कम्पनी छनोट पनि भइसकेका छन् । छनोट भएका मध्ये पाँचवटा चिनियाँ र एउटा टर्किस कम्पनी रहेका छन् । डीपीआर तयार नै नभएको भने होइन । डीपीआर स्वीकृतिको क्रममा रहेको छ । कोरियाली कम्पनीले तयार गरेको डीपीआर स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पेस गरिएको दुई महिनाभन्दा बढी भएको छ ।

कोरियाली सुसुङ इन्जिनियरिङ कम्पनीले निर्माण गरेको डीपीआर अनुसार सो द्रुतमार्गको ५४ किलोमिटर सडक बनाउनुपर्ने हुन्छ भने बाँकी दुरी पुल र टनेलको हुनेछ ।
गोरखापत्रबाट

Logo