सोलुखुम्बु,

सगरमाथा हिमालको यो वर्षको आरोहण सिजन सकिएको छ । सोमबार अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। "/>

सगरमाथा आरोहणको सिजन सकियो, ६ सय आरोही शिखरमा

सगरमाथा आरोहणको सिजन सकियो, ६ सय आरोही शिखरमा

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु,

सगरमाथा हिमालको यो वर्षको आरोहण सिजन सकिएको छ । सोमबार अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

अनुमति लिएका आरोही र उनीहरुका सहयोगीसमेत गरेर झण्डै ६ सय जनाले सगरमाथाको शिखर चुमेको सम्पर्क अधिकृत श्रेष्ठको भनाई छ। गएको वैशाख ३१ गते बाटो बनाउने आठ जना शेर्पाहरु शिखरमा पुगेसँगै आरोहण शुरु भएको थियो।

यस वर्ष सगरमाथा आरोहणका लागि ४४ वटा समूहका ३ सय ८१ जनाले अनुमति पाएका थिए। आरोहीका लागि सहयोग गर्नेहरु समेत शिखरमा पुग्ने भएकोले आरोहीको संख्या दोब्बरभन्दा बढी हुन्छ। यस वर्ष सगरमाथा आरोहणका क्रममा १० जनाले ज्यान गुमाएका छन्।

पहिलो शिविरमा पुग्ने बाटोमा हिमनदी बढ्नुको साथै माथिल्ला शिविरहरुमा पनि हिउँ पग्लिने क्रम सुरु भएकोले सोमबारबाट शिखरतर्फ जान सकिने अवस्था नरहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

नागरिकबाट

Logo