काठमाडौं,
आगामी आर्थिक वर्ष २०७६/ ७७ मा एक हजार सात मेगावाट बिजुली थप हुने भएको छ । विभिन्न २४ वटा सरकारी तथा निजी जलविद्युतका आयोजना निर्माणाधीन रहेकाले आगामी आवमा यसबाट उक्त क्षमतामा बिजुली आउने उल्लेख छ । यी आयोजना निर्माणाधीन रहेको र एक वर्षभित्रै सकिने गरी तयारी गर्दै गरेको सोमबार सार्वजनिक आर्थिक वर्ष २०७५/ ७६ को आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
आर्थिक सर्वेक्षणका अनुसार आगामी वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, १ सय ११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको लोअर सोलु, ५७ मेगावटको सान्जेन, ३६ मेगावाटको अपर बलेफी ए, नुवाकोटमा २५ मेगावाटको सौर्य ऊर्जासहितका आयोजना सम्पन्न भएर एक हजार ७ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा थप हुने उल्लेख छ ।
निर्माणाधीन आयोजना एक वर्षभित्र पूरा भए अर्को वर्षदेखि नेपालमा २१ सय ५० मेगावाट बिजुली उत्पादन हुनेछ । हाल नेपालले भारतबाट बिजुली आयात गरेर लोडसेडिङ हटाइएको छ । निर्माणाधीन आयोजना निर्धारित समयमै पूरा नभएको अवस्थामा नेपालले अर्को वर्षबाट बढी भएको बिजुली उल्लेख्य मात्रामा निर्यात गर्ने उल्लेख छ ।
चालू आवको फागुनमा ११ सय ४२ मेगावाट बिजुली उत्पादन पुगेको छ । यस अवधिमा प्रसारण लाइन ३ हजार ९ सय ८ सर्किट किलोमिटर पुगेको छ । यसबाट भएको बिजुलीको वितरण लाइन एक लाख ४४ हजार किलोमिटर पुगेको पनि आर्थिक सर्वेक्षणमा उल्लेख छ । हाल देशभर ४२ लाख ४२ लाख ८४ हजार ग्राहकले बिजुलीको उपभोग गर्ने गरेका छन्।
अन्नपूर्णबाट





























प्रतिक्रिया