बन्द र विष्फोटका श्रृंखला : आज कहाँ के भयो ?

बन्द र विष्फोटका श्रृंखला : आज कहाँ के भयो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौं उपत्यकासहित देशभरका सडकमा आज सार्वजनिक गाडी कम चलेका छन् । विप्लव समुहको बन्दका कारण लामो तथा छोटो दुरीका गाडी कम मात्रै चल्दा गन्तव्यमा पुग्नुपर्नेहरु समस्यामा परेका छन् ।

नेत्रविक्रम चन्द विप्लव समूहले आह्रवान गरेको बन्दका कारण काठमाडौंभित्र चल्ने छोटो दुरीका सार्वजनिक गाडी कम मात्रै चलेका हुन् भने लामो दुरीका गाडी पनि हिजोअस्ति जस्तो नचलेको प्रहरीले जनाएको छ । आज धेरैजसो स्कुल तथा कलेज पनि बन्द भएका छन् ।

हरिपुर नगरपालिकामा विष्फोट

सर्लाहीको हरिपुर नगरपालिकामा आईतबार राती वम विष्फोट भएको छ । राती ११ बजे भएको विष्फोटले नगरपालिका कार्यालय भवनको झ्यालको सिसा तथा कम्पाउण्ड वालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरका अनुसार विष्फोटबाट पर्खाल र झ्यालमा सामान्य क्षति पुगेको छ । घटनास्थलबाट आल्मुनियमका टुक्राहरु फेला परेकाले आल्मुनियम वम विष्फोट गराईएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

विष्फोट गराउने समुहको पहिचान एवं खोजी कार्य भईरहेको प्रनाउ राठौरले जानकारी दिए । घटनास्थलमा कुनै पर्चा पम्प्लेट नभएको तथा हालसम्म कसैले पनि विष्फोटको जिम्मा नलिएको प्रहरीको भनाई छ । राती भयंकर ठूलो आवाजमा विष्फोट सुनिएको र वातावरण त्रसित भएको स्थानिय युवा सनोज दासले जानकारी दिए ।

यता धादिङको नौबिसे र महादेबबेसीमा पनि बम भेटिएको छ । जिल्लाको थाक्रे गाउँपालिका वडा नं ६ महादेबबेसीमा सोमबार बिहान १ः३० बजेतिर सकेट बम भेटिएको हो । बम महादेवबेंशी स्थित पुलमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै धुनीबेसी नगरपालिका वडा नं ६ नौबिसेमा पनि प्रेसर कुकर बम भेटिएको छ । बिहान ५ः३० बजे बम भेटिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिए । दुबै ठाउँमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विष्फोट र विष्फोटक पदार्थ भेटिएका घटनाले सर्वसाधारण त्रसित छन् ।

विप्लब समूहको बन्दका कारण पृथ्वी राजमार्गमा अन्य दिनको तुलनामा आज सवारी साधन पनि कम चलेका छन् । राजमार्ग हुँदै यात्रामा हिडेका यात्रुहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा सम्म पु¥याइरहेका छन् भने ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।

बसमा आगजनी

उता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रुबाहक बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्वरको बसलाई हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर गोचेखोलामा रोकेर आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार बसका चालक, सहचालक र साहुलाई झारेर पेट्रोल खन्याएर पाँच–छ जनाको हतियारसहितको समूहले आगजनी गरेको हो ।

९८ जना पक्राउ

यसैविच काठमाडौंमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ । विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरु बम विस्फोट तथा बन्द गराउने क्रियाकलापमा संलग्न भएको प्रहरीको भनाइ छ ।

विद्यालय नजिक शंकास्पद वस्तु

यस्तै अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु भेटिएको छ । सन्धिखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

Skip This
Skip This
Logo