काठमाडौं । आईतबार दिउँसो अनामनगरस्थित घट्टेकुलो नजिकै विस्फोटको ठूलो आवाज आयो । त्यस वरपर भएका सबैले ग्यास सिलिण्डर वा ट्रान्समिटर पड्किएको अड्कल गरे । एकदमै ठूलो आवाज आउँदा नजिक भएकाहरु डराए ।
तर अन्तमा उनीहरुले गरेको अनुमानभन्दा विल्कुलै फरक निस्कियो । त्यहाँ त न सिलिण्ड विस्फोट भएको रहेछ । नत ट्रान्समिटर पड्किएको । त्यहाँ त शक्तिशाली बम पो विस्फोट भएको रहेछ । जसमा विप्लव कार्यकर्ता प्रज्वल शाहीको मृत्यु भयो । एक अर्का व्यक्ति घाइते भए । उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
घट्टेकुलोमा लोकमन्जरी कार्कीको घरमा उनीहरु करिब २ महिनादेखि बस्दै आएका थिए । उनीहरु सधैजसो घरबाहिर हुन्थ्ये । उनीहरुको गतिविधिबारे घरबेटीलाई जानकारी थिएन् । जसका कारण आज यो दुखद घटना घट्न पुग्यो ।
घाइते भएका त्रिचन्द क्याम्पसका विप्लव पार्टीका विद्यार्थी नेता रविन केसीको उपचार भईरहेको छ । उनीहरुसँगै रहेका तेस्रो व्यक्ति भने घाइते अवस्थामै फरार भएका छन् । प्रत्यक्षदर्शीका अनुसार उनको शरिरभर चोट लागेको छ । तरपनि उनी फरार भएका हुन् ।





























प्रतिक्रिया