चन्द्रागिरी नगरपालिकाको इटाभट्टा चोकमा पनि बम विस्फोट, दुई जना घाइते

चन्द्रागिरी नगरपालिकाको इटाभट्टा चोकमा पनि बम विस्फोट, दुई जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा पनि बम विस्फोट भएको छ । चन्द्रागिरी नगरपालिका –३, इँटाभट्टा चोकमा बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।

घाइते हुनेको सनाखत भएको छैन । उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ । अहिले घटनास्थल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

त्यस्तै ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

Logo