विमानभित्रै चुरोट सल्काएपछि…

विमानभित्रै चुरोट सल्काएपछि…

केन्द्रबिन्दु
0
Shares

सार्वजनिक स्थलमा धुम्रपान निषेध कुरा हो।  तर, एक जना यात्रुले विमानभित्रै चुरोट सल्काएका छन्।

अमेरिकाको मिन्नेसोटा राज्यमा रोटको तीब्र तलतल लागेपछि एक यात्रुले उडिरहेको विमानभित्रै चुरोट सल्काएका हुन् । मियन्नापोलिस शहरका लागि उडेको विमान अवतरण हुनु ४० मिनेट अगाडी बीच आकाशमै उक्त घटना भएको बताइएको छ ।

चुरोट सल्काउनेले वरिपरी रहेका कोही यात्रुको मतलब नै नगरी ढुक्कसँग चुरोट सल्काए । विमानभित्र चुरोट सल्काउन प्रतिबन्ध भएपनि उनले त्यसको परवाह नै गरेनन् । उनीसँगै बसेकी एक महिलाले उनले चुरोट सल्काएको भिडियो खिचेपछि त्यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।

त्यसपछि वरिपरी रहेका यात्रुले एअरहोस्टेजलाई बोलाए । एअरहोस्टेजको पटक पटकको आग्रहपछि मात्र उनले चुरोट निभाए । त्यसपछि विमान अवतरण गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Logo