पाँचथर हत्याकाण्ड : थप प्रमाण भेटियो

पाँचथर हत्याकाण्ड : थप प्रमाण भेटियो

केन्द्रबिन्दु
0
Shares

पाँचथर,

जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा नौ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा दोषि आशंका गरिएका मानबहादुर माखिमको घर र आत्महत्या गरेको स्थानमा थप केहि प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

मानबहादुर हत्याकाण्डमा मारिएका बमबहादुर फियाकका कान्छा ज्वाई हुन् । उनी मंगलबार रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । उनको मिक्लाजुङ–७, स्थित घर र आत्महत्या गरेको स्थलबाट थप प्रमाण बरामद गरिएको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए ।

घटनाबारे थप अनुसन्धान गर्ने क्रममा माखिमको घरबाट रगत लागेको एउटा टिसर्ट र उनले आत्महत्या गर्दा प्रयोग गरेको जस्तै डोरी भेटिएको प्रहरी प्रवक्ता पौडेलले बताए । त्यस्तै हत्याराको शंका गरिएका माखिमले आत्महत्या गरेको स्थानबाट समेत एनसेलको एउटा सिम कार्ड बरामद गरिएको बताइएको छ ।
राजधानीबाट

Logo