४९ लाख भ्रष्टाचारका कारण सेनाका कर्नेल बर्खास्त

४९ लाख भ्रष्टाचारका कारण सेनाका कर्नेल बर्खास्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौंं,

भ्रष्टाचार अभियोगमा नेपाली सेनाका एक कर्णेल (प्रमुख सेनानी) जागिरबाट बर्खास्त भएका छन् । जंगी अड्डाले प्रमुख सेनानी केशबराज कार्कीलाई ४९ लाख रुपियाँ भ्रष्टाचार अभियोग प्रमाणितपछि बिहीबार बर्खास्तसहित जेल सजाय सुनाएको हो । कार्की उदयपुरस्थित सनोको कालिसिद्धि गण (नम्बर १ विकास गण) का गणपति थिए ।

सैनिक प्रबक्ता विज्ञानदेव पाण्डेका अनुसार जंगी अड्डाले भ्रष्टाचार गरेको ४९ लाख रुपियाँ भरपाई सहित सेनाले भविश्यमा सरकारी जागिर खान अयोग्य हुने गरी बर्खास्त गरेको छ । कार्की बिहीबार कैद भुक्तानीका लागि जगन्नाथ देवल जेल चलान भएका छन् ।

उनीमाथि भ्रष्टाचारको उजुरीपछि सेनाले अनुसन्धान गरेको थियो । कर्नेल शोभित अधिकारी नेतृत्वमा गठन भएको कोर्ट अफ इन्क्वायरीले भ्रष्टाचार प्रमाणित भएको भन्दै कारबाहीका लागि २३ वैशाखमा सिफारिश गरेको थियो । कार्कीलाई सेना मातहतको सैनिक प्रहरीले २३ वैशाखदेखि हिरासतमा राखेको थियो । उनीमाथि फागुनदेखि अनुसन्धान थालिएको सैनिक स्रोतले बतायो ।
नयाँ पत्रिकाबाट

Logo